प्रीति आत्रेय ज्ञवाली

मनले त कति कति सोच्छ
अह्राउँछ आफैँलाई
यसो गर उसो गर भन्दै
सिकाउँछ आफूलाई
निस्फिक्री भएर

बिचरो मन
आफैँ अन्जान
सबै सोच र सपना
विपनामा एकनास हुन्नन्
कहिले समय त कहिले परिस्थितिले

निश्चल मन
भ्रमलाई चिर्दै
बेला बेला
सुतेको सपनालाई
विपनामा जगाउन खोज्छ

तुषारापात नहुने कल्पनामा
रमाउँदै बाटो खोज्दै
बढिरहन्छ
कुनै न कुनै बेला
अधमरो चाहनाले
विपनामा आफूसित
अवश्य साक्षात्कार गर्नेछ ।