आकाश उपाध्याय

स्वेत ती बादलमा
इन्द्रेणीको रंग भरी
उड्दै जान्छु
जूनको उज्यालो आफ्नो बनाउँछु भनी
समुद्रछेउ चिप्ला ढुङ्गमा बसेका जलपरी
मलाइ हेर्दै
मुस्काउँदै
बोलाउँछन्
तै सर्बोपरी भनी
म लजाउँदै
लत्रिदै
पत्रिदै
बग्दै
पुग्दछु त्यो लोकमा
जहाँ
ढुङ्गामा गुल्मोहर फुल्दछ
लालुपाते वृक्ष उड्दछ
ज्वारभाटा शीतलता फैलाउछ
जहाँ
स्वर्ग कि उर्वसी
इन्द्रलाई त्यागि
म तिम्रै नर्तकी भन्छिन्
मृदुल मनमा उठेका
बेग्रता
वसन्तशोभा
चन्चलता
जुन लेखिएको छैन
भोगिएको छ
बोलिएको छैन
सोचिएको छ
जहाँ छैठौ इन्द्रिय
निस्तेज पार्ने भाषा छ
कोरा कागजमा शब्दको तुफान
ल्याउने अभिलेख छ
मरेका मनलाई जीवन्त
तुल्याउने ल्यागत छ
बुझाउँ कसरी
जब तिमी बिज्ञानका सिद्दान्त
गणितका अङ्क
धर्मका शास्त्रलाई
सिरोपर गरी
मेरा कल्पनालाई
भ्रम भन्छौ
सम्भावनालाई
उन्मती सोच्छौ
चेतनालाई
कायलता बोलाउँछौ
म हाँस्छु
तिम्रो गन्धे गन्धे सोचमा
डुब्छु
परिकल्पनाको समुद्रमा
हराउँछु
सपनाको सन्सारमा
किनकी
मलाई काहानीले छुन्छ
पात्र बनी हराउन मन पर्छ ।

akash upadhyay
Institute of engineering
pulchowk, Lalitpur