

श्याम गैर
ऐनामा हेर्दा टलक्क टल्किएको
त्यो सुन्दर कायाले दिशा फेर्दा
देखिएको भिन्नता माझ देखिएको समानता झैं
स्थिर रहोस हजुरको वाक्य तीतो
बनोस डुंगा
जसलाई देखेपछि लोक होस् फुरुङ्ग
दाँतका लहरहरुमा
घिसारिएका अन्नका दानाहरु झैं
हजुरको जीवनका रहरहरु पनि
कहिल्यै कहर नबनुन्
किन कि
यदि कहर बन्दा रहर मासिन्छ
बेकम्मा जीवन नासिन्छ
ए मित्र
हजुर त
बेकामको स्वार्थी मान्छे अरे
भन्ने मान्छेलाई देखाइदिनु न
एकपटक हजुरको हृदयको गुफा खोलेर
तेस्पछि गुफाको प्रकाशमा हराउने छन्
अनि प्रस्टसँग बुझ्ने छन् अनि खुसीमा कराउने छन्
ए रिसाहा मान्छे
भन्ने सोचाई भएकालाई
डुलाउनु न हजुरको व्यवहार को वायुमण्डलको बादलमा
जहाँ हरेकले गर्ने छन् अनुभूति शीतलताको
त्यहाँ पर्नेछन् बन्धनमा शीतलता सरलता र मित्रताको
यही छ मित्र
हजुर लाई जन्म दिन को विचित्रको शुभकामना



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
