Chovar Blues Mobile Size

बिष्णु प्रसाद जोशी

चन्द्र-सूर्य झन्डा फहराऊ
फाल साला झोलाहरू

यसै पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरू

सुन तस्करी छ किलोमा
के गन्नु ती तोलाहरू

यसै पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरू

उजाड भए उर्वर बारी
विदेश उडे भोलाहरू

अब त अति भो तोड
अरिङ्गालका गोलाहरू

यसै पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरू

खेर जान नदेऊ युवाका
रगत-पसिनाका खोलाहरू

यसै पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरू !

Twitter: @BishnuJoshi999
(खप्तड छान्ना गाउँ पालिका-५ , बझाङ्गमा जन्मिएका जोशी हाल युनिभर्सिटी अफ म्यासाचुसेट्स अमेरिकामा रसायन शास्त्रमा विद्यावारिधि गरिरहेका छन्। उनी नेपाल फर्कौँ महाअभियानका अभियन्ता पनि हुन्।)