आमा शब्दको बयान खै कसरी गरौंला
जो सँग तुलना गर्ने कुनै शब्द
पनि फिक्का लाग्छन् मलाई
तिमी हौ देवी, शक्तिकी खानी
कोमल हृदयकी असल रानी ।
सन्तानको खुसीमा आफ्नो खुसीलाई
तिलान्जली दिने
आफ्ना सारा सपनाहरु
बली चढाएर सन्तानका
सपनामा कसी लगाउने।
आफ्ना दु:ख पीडा लुकाएर
सन्तानको ओठमा मुस्कान छर्ने
आफ्ना सारा रहरहरु निमोठेर
सन्तानको रहरहरु गोडमेल गर्ने।
सृष्टिकी सुन्दर सृजना
हौ तिमी आमा
तिम्रो त्याग, समर्पण , माया
खै कहाँ कसरी के सँग
तुलना हुन सक्छ र ?
तिम्रा आफ्ना चाहना मारेर
सन्तानका सपनाहरु सजाउँदा
सजाउँदै तिमी कमजोर भैसकेको
र सन्तानका प्वाँख फैलिदै
तिमीबाट टाढा हुन थाल्दा।
तिमी सिथिल भयौ
आफू एक्लो भयौ
तर त्यहाँ न कुनै गुनासो छ
छ त केवल प्रार्थना पुकार
हैासला ध्यान समर्पण ।
आमा तिमी शक्ति हौ
भक्ति हौ अनि सत्यकी
प्रतिमूर्ति
तिमी सृष्टिकी रचना अनी
बन्दना।
आफू हारेर सन्ततिहरुलाई
जितको शिखर चढाउन
मारेका इच्छा लुकाको आँसु
खेपेको सास्ती भनी साध्य छैन।
आफ्नो पसिना बेचेर
सन्तानको भविस्य उमार्ने
धन्य छ जीवित देवीको
अर्को नाम आमा
तिम्रा सामु शिर झुकाई
थाप्छु आशिर्वाद सदा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।