साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दाम्पत्य जीवन

कविता

Chovar Blues Mobile Size

रहोस् सदा शान्त दाम्पत्य जीवन दीर्घायू पनि
बनोस् सुन्दर सधैँ ऐश्वर्य वैभवको सुन्दरमणि
चखेवा जोडी भई निरन्तर तानुन् जीवन रथ
कोरुन सदा साथ भई सुन्दर जीवनका स्वप्न पथ

नआऊन् है कहिलै दुःख दरिद्रका दुष्कर क्षण
नत कुनै रिस विक्षिप्त मनका विवादित कण
प्रेमै हो निस्वार्थी विमुक्त मनको सुन्दर पथ
प्रेम नै हो डोर्‍याउने जागृत जनको जीवनरथ

प्रेम नै हो पूजा पवित्र मन्दिर यो धरणीको
प्रकृति पुरुषको मिलन गराउने यौवनको
कुनै दिन भाग्यो त्यो प्रेम मनको सुन्दर चरो
रहने छ मानव फगत खोस्टो बनी बिचरो

प्रेमै हो निस्वार्थी छैन रतिभर खोट मनमा
सदा दृष्टि डाल्नु सुन्दर भावनामा नकी तनमा
कुरो यति बुझुन् प्रणय मनका युगल जोडी
चल्ने छैन सृष्टि प्रेम पथको गन्तव्य छोडी

सैंबु, ललितपुर

sagarmani mobile size
प्रतिक्रिया
Loading...