कोही आउँछन् अलख निरञ्जन भन्दै
कोही आउँछन् भिक्षान्देही भन्दै
मान्छे फरक, रुप फरक तर सार एउटै
भिक्षा नपाउँञ्जेल रोदनमिश्रत अनुरोध

भिक्षा पाइसकेपछि उसलाई कसले छुन सक्ने
ऊ नै सर्वेसर्वा बलशाली, ऊ नै संसार हाँक्ने
क्षुद्र र श्वार्थीलाई बेला यही नै हो है चिन्ने
गुणग्राहीलाई मात्रै हो है भिक्षा दिने ।

इन्द्रकुमार श्रेष्ठ सरित्

तरहरा(सुन्सरी), हाल:- बुनेपा, एकताबस्ती