कोदालीको कुरा के गर्छौ
कहिल्यै खनेको भए पो !
हसियाको कुरा के गर्छौ
कहिल्यै घाँस काटेको भए पो !
माटोको कुरा के गर्छौ
कहिल्यै त्यो माटोलाई छोएको भए पो !
भनाई र भोगाइमा धेरै अन्तर हुन्छ
सुनको मूल्य सुनारलाई थाहा भए झै
कोदालीको मूल्य
खनिरहेको किसानलाई थाहा भए झै !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला