होमनाथ ढकाल

निभ्न लागेका दुई ज्वोती
धपक्क बल्दै थिये
अन्तिम क्षण सम्म उज्यालो छाउने रहरले
दियोमा रित्तिएको तेललाई
हेरि मुस्कुराउछँन्
हाँस्छन्
अनि जल्छन खरानी भएर
सायद तेलको सट्टा आँसु थप्दा हुनेभए
बल्थे कि ती दुई
सयौं सयौं जन्म सम्म

  मिचीना म्यान्मा