अँगेनीमा तातो कुँडो
कुनै कुना थिएन
ऊ तातै थियो
अब के गर्नु हात त हालिहालेछ
अब बिस्कुन हुने भो
अम्मलमा दबिएर
स्वादहरु
गलत गरिएछ माननीय तम्रा नाममा चिठ्ठि कोर्न
सायद चिठ्ठा भनेको भए
कत्ति पटक धाउथ्यौ होला मलाई परोस भनेर
अनि खुब रमाउथ्यौ होला
मेरा मसिना अक्षरहरुको तिरबाट बचेको ठानेर
जब तिमीले संसद हलमा गएर
मल बोक्ने
भारी बोक्ने
जुठेल्नामा भाँडा माझ्ने आमाहरुको नाममा
सपथ लिन्छौ अनि थाहा हुनेछ
तिमी को हौ भनेर
त्यो भन्दा अघि यति जानौ
राष्ट्र बचाउने बन
खोक्र्याउने होइन
जनता र देशको शिर झुकाउने नबन
त्यतिखेर उल्टो पराजित
सुल्टो अपराजित
उल्झनले इतिहासको
स्मृतिमा कहिल्यै
घाटा पुर्याउन जाँदैन
यस्तै थियो उनको
र मेरो घमण्ड
जतिखेर पोखियो
उल्टाको अपराजित हिस्सा बनेर
अनि मेरो सम्भाव्यता टाढिएछ
उनको रोजाई पराजित भएर
र विस्वासको सम्बन्ध क्षणभङ्गुरले
तहसनहस भइदियो
यसरी हामी बिच विभक्तताको दरार
लेखेर संसद उठ्यो
र मेरो देशभित्र उसको हिस्साले
अमिट प्रभाव पायो
तर हामी छिन्न भिन्न हुनु परिरहेछ
सानो ख्याल उसका मुद्राको कमाल
किचकिच
कसैलाई किचे होला
कसैलाई थिचे होला
अनिर्णयको बन्दी बनाएर
पिटि पिटि पिसे हाला
यो त सब खाल्डो हुनेरहेछ
मलाई नै हालेर
कुनदिन मरेको जुनी
भन्न नपाउँदै उनैहरुले पुर्ने होला
जिन्दगिको मोड र
तगाराहरुले बुन्ने होला
मेरै सपनीको सिउदो उदार्न
र छात्ती पिटिपिटि
रुनु पर्ने होला
आँखामा आँसु तर्काएर
मनमा इच्छा मारेर
भूमिगत कतै हुनु पर्ने होला
मरि मेटि जुटाएको
सामिप्यता सँगै सबथोक त्यागेर
गाँस र यो पापी पेट भर्न
सब चिजबाट लुक्नु पर्ने होला
भरोसा
तिमीलाई नदेख्दा
आकाश पनि च्यातिएर
एकाविहानै रगतको भेलमा डुब्छ
त्यो निलो जिनिस
केही दिनलाई टाढा राखेर
म तिम्रो कुराहरु
हराएको कुहिरोमा खोज्न चाहन्थेँ
र वर्षा बनी तिम्रा लतपत जवानीमा
दौडिएर जित्न सक्थेँ
तर मैले त्यसो गरिन
र मैले तिम्रो माया पनि मारिन
म सायद तिम्रो नभएर
मेरा लागि आएकाछौ
सम्हालिएर
अपार प्रेम गरिरहेँ
र
त्यो प्रेमको अनुमान
एउटा सिङ्गो ऐना अगाडि लगेर
हेरिदिएँ
बिहान एकपटक
वाथरुममा अर्कोपट
र कसैले पकेटबाट झिकेर
यसो कपाल मिलाएको देखे भने
त्यस बखत सम्म देख्ने गर्छु
मेरो प्रेमको भरोसा
जबसम्म तिमी छौ
र लोक्कल धरतीहरु जन्मिनेछन्
जस्लाई टुहुरा बनाएर
जान दिनु भनेको
प्रेमलाई धोका दिनु हो
म त्यस्तो एउटा मानिस
म माथि जे जस्तो बुझाई यो समाजले राखोस् हरेक कविता र कविको रचनागर्भ उस्को भित्री आस्थाको बलबाट उब्जिएको हुन्छ ।
मन
सुक्खा बन्दरगाहभित्र
ताछिएको हो कि
टाँसिएको
एउटा अडिलो मन छ
त्यो मन रुख जस्तो नभएर
उत्पात लडेको भिरहरुले
थिचेर किचेर
चट्टानहरुमाझ कैयौंपटक ठोक्किएर
परिपक्व लोहोरो बनेको छ
त्यतिबेला
त्यो सबभन्दा सुस्त देखिने बन्दरगाह
भयानक बेगहरु पक्रेर
उड्न खोज्छ मनलाई छाडेर
तुरुन्त नियन्त्रण गर्छ
त्यो बन्दरगाह जस्तो शरीर
र लोहोरो जस्तै
हुन सिकाउँछ सागर अट्ने मन
र मनले सोच्छ
यदि आँधी बनेर
आँधीको टुप्पोसम्म
आँधी मात्र फलाउँदै
उपद्रो गर्ने हो त
भर्खरै तापेको गर्मीहरु कहाँ बास बस्थे होलान
गर्मीले गर्मीकै उपद्रो फलाएर
गर्मी मात्रै
जन्मने भए
ठण्डीहरुको बिचल्ली कता हुन्थ्यो होला
सायद यही दम्भ
दुवै बिच रहेको रह्यै थियो भने
कि त संसार भन्ने चिज हुदैन थियो
कि त चिसो र तातो नै रहँदैन थियो
यसरी सोचाइहरु
एकपक्षिय बन्यो भने
लखेट्नेहरु सबभन्दा पहिले पराजित हुनेछन्
गन्तव्य पुग्न अनेकन् समस्या झेल्नुपर्छ
सायद त्यो लोहोरो मनले
मात्र बुझेको छ
तर मन बिनाकामको पिंञ्जडामा थुनेर
अनावश्यक सताउनु हुन्न
तपाइको मन तपाइसित नै
असुरक्षित पनि रहन्छ
भन्ने जानेर
स्वतन्त्र खुल्न दिनुस
जसरी सूर्य खुल्छ आकाशमा
नत्र बन्दरगाह जस्तो शरीर
नै मनको एउटा
खराब कैदखाना बन्नेछ ।
जाडो
जाडो
म तिमीलाई प्रेम गर्छु
गर्मीमा शितलताको खातिर
नढाँटिकन तिमीलाई नै रोज्छु
बिर्सन सक्दिन
तिमीले पौषको आखिर
आखिर दिनहरुमा
पैताला देखि माथि उभिएर
तिम्रो नखरा स्वाभावको
असाध्यै याद अउँछ
जतिखेर तिमीले
म माथि धाएको शक्तिशाली आकर्षण
कहाँ भुल्न सक्छु र
तिमी नै त छौ
धुइँधुई ती खोजेर
भुइँतिरको मान्छे चिल्ने
जतापायो
जतिखेर भ्यायो
भ्याउन्जेल चुसेर
अलाप हुन्छौ
एउटा अलराम जस्तै
भुइँवाट जब भुइँकुहिरो
लसुनहरुको वोटबाट उभिन थाल्छन
तिम्रो जुरोहरु समुन्द्र भासिन्छन
र जुरेलीको आवाजमा छ महिना गायब हुन्छौ
र भाले र चिबेहरुले डाकेपछि
चुपचाप छ महिना राज गर्न हाजिर हुन्छौ
जतिखेर एउटा मसानघाट पुगिसकेको
त्यो पहाडको टुप्पोमा फूलिरहेको हिउँ
सेताम्मे भएर
फेरि जुराहरू सोझा पार्छन
मान्छेहरु
चौपायहरु चिरविर चिरविर
चरीहरुको गुणमा
अबस्थित नाङ्गो बचेराहरु चिमोठ्न
मेरो विरोध त्यतिमात्र छ
तिमीले पनि ज्ञानी बन्न सिक्नु पर्छ
न्यानोहरुको अस्तित्वमा
तिमी पनि न्यानोहरु झै खुशी हुनुपर्छ
उत्साह उम्रन दिनुपर्छ
सायद एउटा याद छ
जाडो तिमीलाई
जस्तै तिम्रो दुखान्तहरुमाझ पनि
एउटा मुहानको स्वच्छ जल
न्यानो भएर जन्मिरहन्छ
त्यसरी नै त तिमी पनि जन्मिएर
हुर्किएका हौ हिमालहरु माझवाट
यसर्थ जाडो
तिमी माझ म हुनेछु
म माझ तिमी हुनेछौ
यसरी त
हाम्रो सम्बन्धको बैधानिकता टुटेको छैन
म देखि टाढा नबन
जाडो तिमी मलाई
जतिसुकै कठ्याङ्ग्रिदो सजाय देऊ
म सहेर हाँसो उमङ्गको रहर
फूलाईरहनेछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।