आकाश अधिकारी

आँसुको बिस्कुन
आँखामा सुकाएर
आमा
शान्तिको बाटो हेर्दै छिन्
कोख रित्तिएपनी
आमा
आशा र बिश्वासको प्रतीक्षामा
निराश भएकी छैनन्
धर्ती डगमगाएको बेला
आकाश खसेको बेला
मनको मझेँरी फाटेको छ
तर
बाहिर बजारमा
स्वाभिमान
स्वाधीनताको
साथमा
अस्मिता
लिलाम बढाबड् भैरहेको छ
केही सन्तान
सुदूर गाउँ बाट गन्तव्य रोज्दैछन्
सिंहदरबार सम्मको
किनकी
यो सीता, भृकुटी

बुद्ध जन्मेको देश हो।