

विनोद नेपाल
उभिएको छ
मुन्टो ठड्याएर
हात फैलाएर ठिङ्ग
तर भाग्दैनन्
बरु
रमाउँंदै नाच्छन् फुर्फुर
उसकै सामु
उफ्रिउफ्रि टिप्छन् चारा
लथालिङ्ग पार्छन् बालिनाली
आँगन भरी बनाउँछन् बिस्कुन
अनि बिस्ट्याउँछन् उसकै टाउकोमा
र
भुर्र उडछन् चराहरू भने
के औचित्य त्यस्तो बुख्याँचाको
देख्दैछु
त्यहि बुख्याँचामा परिणत भएको छ
आजको मान्छे
जसको अनुहारमा
यतिखेर
बिस्ट्याइरहेछ समय
र
लज्जित ऊ
बन्द कोठाभित्र
जीवनको सार्थकता खोजिरहेछ ।
पोखराथोक,माडी,पाल्पा ।
२०७९।०१।०१



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
