मेरा सपना
भारी बिसाउँन नपाउँदै
नाम्लो सँगै उनिएर
बारीको डिलमा जन्मेका
मेरा सपना
मेरा सपना
कस्ता बेढंगका
न रुपका न रंगका
फाटेको बादल जस्ता
मेरा सपना
मेरा सपना
रातले धकेल्दा
दिनले निमोठेका
बेवारिसे पाइला जस्ता
मेरा सपना
मेरा सपना
मन नअघाउँदै
तृष्णा मेटिएको मुटु
निचोरेर फ्याँके जस्ता
मेरा सपना !
तिलोत्तमा ३ रुपन्देही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला