गोकर्ण खड्का (चिया-प्रेमी)

तिम्रो नशालु हेराइले मेरो ओठ थर्थरायो
तिम्रो कोमल स्पर्शले मेरो बोली बर्बरायो
बैंशको गर्मिदो तापमानले पग्लिएर मेरो
कामुकताको उर्बरताले आवाज लर्बरायो

उच्छृङ्खल भई धर्तीमा पलाएका आँकुरा
बेमौसमी मुलायम स्वतन्त्र हिम टाकुरा
समाहित भए तिमीमै बेहोशी म एकफेर
अंगालेर बाँधेकी छौ बलिस्ठ पाखुरा

उर्जा संगै कौमार्यले उमङ्ग दिलायो
यौवनको रस त्यो प्यासमा पिलायो
रहन म कहाँ सक्थे र त्यो तापमा म
आगोको लप्कामा तातोले नौनी बिलायो

निर्धक्क तिम्रो सामिप्यतामा आफू हराएँ
जोसिलो कवाजमा अंगालोमा कराएँ
तब प्रलय भयो धर्तीमा अन्तमा हजुर
मायाको अन्तरंग सँगै समाज डराए