स्वाद ब्याद गन्ध अनि धुन्
छन्द बन्द रंगरोगन कुन्
वसन्तको आँगमन आहा
फूलैफूलको बगान्
फक्रेका कोपिला हेर यहाँ
रंगीविरंगी कति छन्
धीर अधीर रुख बुट्यान अनि झार
प्रकृति पर्यावरण स्वर्गसरी दन्तेलहर
परेली झरेली यहाँ छन्
लेकवेसी कुना कन्दरा
तराई पहाड अनि मधेस्
पूर्व मेचीदेखि पश्चिम महाकाली
उता हिमाल पारी
मनाङ मुस्ताङ नीलगिरी शिर्
वसन्तको उन्माद
यो कुनै पागलपन होइन
काँडा समेत फुलेका छन्
नपत्याए हेर झुलेका ऐसेलु
थाकल काफल लालीझैँ गुराँसलाई सोध
क्याप्टस फुल्छ फुल्दैन
परिणीत
सुनाखरी ढकमक भिरपाखा सजेका छन्
सबै छाडी बगर पनि
सिमसार बन्न खोजेका छन्
लैबरी भाका
डाँफे मुनाल गाएका छन्
चिवे हुँडार घोरल चित्तल
कोयल सोयल मयुरी ताल
कोसँग मात्रै छैन मन्
अनि जुनकिरी झ्याउकिरी तन्
हो वसन्तको उन्माद
यो कुनै पागलपन होइन
आश्चर्य काँडासमेत फुलेका छन्
रेखोपाखो बन्चरो
वर बगैँचा घरचरो
सबै सँगै बयली खेलेका छन्
आगमन् घडी हेर त फेरि
वैशाख आयो मन भयो सुनाखरी
संस्कार संस्कृति
बिचार नलिऊँ कुरीति
पर्व
रीतिथिति अनि परम्परा
धान्य भन्छन् नि वैशाख पूर्णिमा
केहो उद्यौली उभौली
अचम्म अलौकिक हर्गत
भन्छिन् वनचरी
फक्रिनु फैलिनु सुगन्धमय लच्किनु
झराझुट्ट गहना झैँ सजिनु
बाँस नुहेसरी वसन्तको उन्माद
यो कुनै पागलपन होइन
आश्चर्य काँडासमेत फुलेका छन्
अनि सबै सँगै बयली खेलेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।