केशव श्रेष्ठ

गरिब उन्मुखा जहिल्यै तलभन्दा पनि तल
छैन यहाँ कुनै सरलता फैलिरहेछ विकट्ता
थपिँदै छन् समस्या बिलाउँदैछ लड्ने पराकास्ठा
लोपिँदै छन् हाम्रो हामी विचको भावनात्मक निकटता

के दमन शोषण गर्नु नै राजनिति हो
के गैरकानुनी कार्य भ्रस्टाचार गर्नु राजनिति हो
के हरेक वर्ष दिइने झुटो आश्वासन राजनिति हो
के सोझासाझालाई लुटिनु तड्पाउनु राजनिति हो
के राज्यकोषको सम्पती आफ्नै ठानी प्रयोग गर्नु राजनिति हो
के करोडौं रुपैयाँको टेन्डर आफ्नै कार्यकर्तालाई दिनु राजनिति हो

यो हो र होइनको दुनियाँमा
यो गरिखाने र गराइखानेको दुनियाँमा
यो छ र छैनको दुनियाँमा
जान्ने र बुझ्नेलाई भन्दा
आफ्नालाई प्रशासनमा राख्न पाइन्छ भनें
देशको स्थितिलाई पछि सारेर
आफ्नो प्रगती गर्न पाइन्छ भने
गरिबी निवारणको नाममा
झन् गरिबी बढाउन पाइन्छ भने
सेवाको नाममा खोल ओडेर
निम्न वर्गलाई लुट्न पाइन्छ भने
जनतालाई नालिमा सुताई
आफू आलिशान पालिमा सुतिन्छ भने
जनतालाई भोको पेटमा रखाई
आफू गाड फर्काएर खान्छ भने
जनतालाई शक्तिको रुप नलिई
भोटको रुपमा गणना गरिन्छ भने
राजनिति अभिसाप हो ।

लाखौं युवाहरुको सपना पुर्तिका लागि
सडकछाप बालवालिकाको उद्धार गरिन्छ भने
प्रत्येक ठाउँमा हरेक कुराहरुको सहजीकरण गरिन्छ भने
विकासको नाममा अछिता छर्किदैन भने
रोजगारीको नाममा युवाहरु ठगिदैन भने
प्रत्येक युवतीहरुको चरित्र हिंसा बन्द गरिन्छ भने
गरिबीहरु लपेटा र चपेटामा मात्र नपर्दिने हो भने
राजनिति वरदान हो।