आफैँ गुरु, आफैँ चेला
अझ अन्यौलताको बेला
यस्तै हुन्छ यहाँ सिकन्दरको
जिन्दगी हो जितको भेला ।।
उठेको, बसेको, रोएको, हाँसेको
सुनेको, बोलेको, गाएको, नाचेको
एक्लै–बेग्लै बन्दैछ जिन्दगी
अर्थ हो यो नमरी बाँचेको
पिएको, खाएको
सबैसंग प्रेम लाएको
हरको, जितको, सारको जिन्दगी
जबरजस्ती बनाउनुछ यसलाई
उपहारको प्रितको
खोलाको, पहाडको
जैविक अवयवको
समस्टिभरि लैजानुछ
जीवनरथ यात्रामा
अनौठो, परिपक्व, शिथिल
आफैँ चलेको, आफैँ फलेको
गलेको, टहलिएको
अचम्मको मुठी भएको
जिन्दगी आशा लिएको
भरोसा भाँचिएको
प्वाँखविहीन चरोजस्तो
सबलाङ्ग जिन्दगी
सङ्ग्रहालयमा कैद गर्न
सुहाउने,अचम्मित मार्गदशर्क म आफ्नै, स्वयं मपाईंको



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
