आयुष बस्नेत

बा तिमीले कहाँबाट सिकेथ्यौ
इमानदारीताको पाठ
जस्ले
तिमीलाई जीन्दगीभर छलकपट गर्न दिएन
कस्ले सिकाइदिएथ्यो
मेहनतको महत्व तिमीलाई
जस्ले
आफ्नो हाड घोटिसक्दा पनि
मेहनत गर्ने उर्जा दियो दिइरह्यौ
जीन्दगीको कठिन परिस्थितिमा पनि
आशावादी हुन कहाँबाट सिक्यौ बा
यत्रो ठुलो दिव्य ज्ञान
जुन ज्ञान आजसम्म मलाई
न कुनै किताबी ज्ञानले दिन सक्यो
न त कुनै विश्वविद्यालयको डिग्रीले।