उषा रश्मि पाण्डेय

म खोजीमा थिए उसको

थाह थिएन मलाई उसको घर ठेगाना

कसैले भन्यो ऊ पर डाँडामाथि बस्छ

कसैले भन्यो ऊ आकाशमा रम्छ

म खोजीमा हिँड्दाहिँड्दै पुगें उसको सालिक नजिक

उसको दर्शनका लागि तृषित मेरा नयन्

उसको मूर्ति सामु पुग्दा एकाएक बन्द भएछन्

अनि बल्ल पो मैले चाल पाएँ

ऊ त म भित्रै बस्दो रहेछ ।