बिपिन तिवारी

मलिन्
अनुहार तिम्रो

त्यै
अनुहारको शिशुताबाट
जागेको छ्न्
म भित्रका
बुद्धत्व र येशैया

आज म भित्र
मल्लार र ऋचाहरु
खण्ड खण्डमा गुञ्जायमान् छ
तिम्रो आवरण र आकृतिको

जब तिमी रून्छौ
म तिमीलाई फकाउँने
हजार प्रयत्नहरू खोज्छु
अनि पाखुरामा बोकेर
यता उता डुलाउँछु

जब तिमी
संतोषको राप
औंला चुसेर विलाप छौ

त्यतिबेला म
आनन्दी विभोर्
शिशुतामा
तिमी सङ्गै बग्छु ।