

कमला भसिन
हावा जस्तै बनिरहेछन् केटीहरु
उनीहरुलाई निसंकोच हिँड्नुमा
मजा आउँछ
उनीहरुलाई स्वीकार छैन
कारण बिना रोकिन
फूल जस्तै बनिरहेछन् केटीहरु
उनीहरुलाई सुगन्धित हुँदा
मजा आउँछ
उनीहरुलाई स्वीकार छैन
निर्दयी रुपमा किचिनलाई
चरा जस्तै बनिरहेछन् केटीहरु
उनीहरुलाई निर्धक्क उड्नमा
मजा आउँछ
उनीहरुलाई आफ्नो पखेटा
काटिनु स्वीकार छैन
पहाड जस्तै बनिरहेछन् केटीहरु
उनीहरुलाई शिर उठाएर
बाँच्न मजा आउँछ
उनीहरुलाई आफ्नो शिर निहुँराएर
जिउन स्वीकार छैन
सूर्य जस्तै बनी रहेछन् केटीहरु

विवेक दुलाल
उनीहरुलाई उज्यालो हुन
मजा आउँछ
उनीहरुलाई पर्दाले छोपिनलाई
स्वीकार छैन ।
अनुवादः विवेक दुलाल क्षेत्री दमक
कमला भसिन एक भारतीय विकासवादी नारीवादी कार्यकर्ता, कवि, लेखक र सामाजिक वैज्ञानिक थिइन्। 1970 मा सुरु भएको भसिनको काम लिंग, शिक्षा, मानव विकास र मिडियामा केन्द्रित थियो। उनी भारतको नयाँ दिल्लीमा बस्दै आएकी थिइन् । यिनको जन्म अप्रिल 24, 1946 । मृत्यु सेप्टेम्बर 25, 2021, दिल्ली, भारतमा भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

