म गले पनि कैले
गल्ने वाला छैन
केही सेकेन्ड सेकेन्डमा
मलाई काउकुती लगाएर
हेरि जान बाध्य बनाउने
घडीको सुई पल्लो छेउ पुग्दा पनि
आँखा तिर्मिर भएर
आँसु आउन विवश हुदा पनि
फेसबुकका एक एक
नोटिफिकेशनहरुलाई
ध्यान दिन बाध्य बनाउने
भोकले पेट दुखेर सहन नसकी नसकी
दिसापिसाबले च्यापेर हैरानी दिँदा पनि
मौन भएर हेरि रहन पर्ने
घरी टिकटक घरी यु ट्युव
घरी ट्विटर घरी भाइवर चलाउन पर्ने
नचिनेका मान्छेलाई पनि
नजिकको बनाइदिने
घरका बाउलाई पनि
संगै राख्दिने
परदेश भएको दाइलाई पनि
मितेरी लगाउने
पोहोर बिहे गरेकी बैनीलाई
जीवन साथी चिनाइदियो रे
माथि गाउँको साइँलाको
स्वास्नीलाई अर्कै केटासँग
घरबार गरायो रे
भाइको प्यारी सँग बोलिराख्नु पर्ने
रोजगारी मिल्यो रे
अरु के के हुन् हुन्
यति धेरै सहयोगी
पढ्नेलाई पढ्ने ठाउँ
हिड्नेलाई गन्तव्य देखाउने
सुन्नेलाई सुनाइदिन सक्ने
मोज गर्नेलाई राम्रो अवसर दिन सक्ने
खानलाई भुलाउने
जानलाई भुलाउने
आफन्त बिनै पनि खुसी भए नि
ठीकै
अनि आफन्त संग टाढा भएर खुसी
हुन सकेनी ठी कै
यति धेरै अवसर पैदा गर्ने
प्रियलाई मीठो प्रेम पत्र
आमालाई मिठो मायाको सम्झना
कस्लाई के भन्दिन पर्छ सबै गर्न सक्ने
खाएर कहिले पनि नअघाउने
जति राम्रो भएनी अझै
राम्रो बनाउन मन लाग्ने
संसार बुझेको
तर यस्लाई सजिलै बुझ्न नसक्ने
प्रिय म तिमी जस्तै फोन बन्न पाउँ ।
धर्मदेवी नगरपालिका -०६, संखुवासभा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।