सुमन घिसिङ

मानवीय भावमा जीउनु मान्छे
त्यहीं जीवको मांस कुनै भट्टीमा पोल्दा
आहा सितन भनी रमाउने मान्छे
त्यहीं मरेको मान्छे घाटमा पोल्दा
किन नाक खुम्च्याउँदै हिड्छ मान्छे

कुनै पशुको रगत निकाल्दा
खुसी बन्ने सन्तुष्टिको अनुभुती गर्ने मान्छे
आफ्नै रगतको खोलो बग्दा
आत्तिन्छन् किन मान्छे

निस्वार्थ जनावर पन्छि घरमा थुन्दा
आवस्यकता र मनोरञ्जन लिने मान्छे
आफू र आफ्नालाई बन्धक बनाउँदा
रुन्छ्न् कराउँछन् भिख माग्छन् किन मान्छे

के तिमी र चरा एउटै होइनन् र
के तिम्रो जस्तो आत्मा अरुको छैनन् र
हो तिमी सर्वश्रेष्ठ छौ तिमी सबै बुझ्छौ
बनाउँछौ भत्काउँछौ के त्यसैगरी तिमी मर्दैनौ र

तिमी खुसी हुनु तिम्रै खातिर खुसी हुनु हो
तिमी दुःखी हुनु त तिम्रै कारण दुःखी हुनु हो
त्यसैले मान्छे तिम्रो खुसीको निम्ति अरुको पीडा नदेउ
तिम्रो स्वादको लागि अरुको प्राण नलेउ

म त एउटा जनावर हुँ पन्छि हुँ
मेरो कुनै भोलि छैन मरेपछि मर्यो मर्यो
तिमी त मान्छे हौ नि मरेर पनि अमर बन्नु छ
त्यसैले मान्छे सधैं मानवता र धर्ममा बाँच्ने गर ।