बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन

सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ?  लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई

प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज

बन्छ।

बाछिटा काव्यिक उपविधाको रूपमा सर्वमान्य सिद्धान्तसहित २०७७ साल जेठ २ गते प्रवर्तन भएको हो।प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको   “बाछिटा प्रकाशनमाला-२८”मा डा. शेखर कुमार श्रेष्ठ, एन.बी. अन्जान,वासुदेव ठकुरी,शीतलआचार्य अर्किड र कवि काफ्लेका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्यसर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरूसङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।

 

बाछिटा प्रकाशनमाला-२८

 

१.  डा. शेखर कुमार श्रेष्ठ

 

लेखक

चेतनारश्मि

दीक्षक

 

व्यापार

आम्दामी बाली

अपार

 

प्रविधि

प्रयोग प्रभा

सम्बृद्धि

 

आकाश

विशाल मन

आभास

 

संसार

जीवन चक्र

साकार

 

सिर्जना

कर्मदेवको

अर्चना

 

मालिक

आत्मरतिका

सालिक

 

जवानी

बैसालुफूल

रूमानी

 

पाहुना

घरका देव

साधना

 

सभ्यता

उच्च हिमाल

मान्यता

 

जीवन

माटोको भाँडो

समान

 

नगर

फोहोर थुप्रो

बगर

•~~<>~~•

 

२. एन.बी. अन्जान

 

देशमा

नेतृत्व कालो

क्लेशमा

 

बाटोमा

प्राप्ति धुलाम्य

माटोमा

 

सहर

संस्कार मोह

जहर

 

अँध्यारो

मन मायाले

उज्यालो

 

छायामा

साथ शीतल

मायामा

 

बेलीको

सुवास साथ

चेलीको

 

अधर

चम्ने विषालु

नजर

 

पिरमा

परेको जुनी

भिरमा

 

बोलीको

बज्र प्रहार

गोलीको

 

अमिलो

मनमा माया

धमिलो

 

बन्धन

पारिवारिक

नन्दन

 

जीवन

शीत र ताप

मौसम

•~~<>~~•

 

३. वासुदेव ठकुरी

 

खडेरी

प्रीत मनको

अँधेरी

 

हिमाल

काखको बाग

नेपाल

 

बुद्धको

ज्ञानपोखरी

शुद्धको

 

फूलमा

स्वार्थी भमरा

हुलमा

 

उदास

मनमो पिर

बतास

 

बृद्धता

साँझ गोधूलि

उष्णता

 

स्वार्थमा

बनविनाश

अर्थमा

 

दुष्टको

काँडा बचन

तुच्छको

 

चैतको

प्यास प्रेमिल

चित्तको

 

रातमा

जून प्रेयसी

साथमा

 

मानव

तुच्छ दम्भले

दानव

 

विकृति

डढेलोग्रस्त

प्रकृति

 

मनुष्य

मनमा स्वार्थ

कलुष्य

•~~<>~~•

 

४. शीतल आचार्य अर्किड

 

शानको

अक्कल अग्लो

ज्ञानको

 

वायुको

आर्द्रता नित्य

आयुको

 

सिरानी

चिसो वेदना

बिहानी

 

विवश

दु:ख हुरीले

दिवश

 

साँझमा

पिर सिरेटो

माघमा

 

सृजना

भाव सुस्वर्ण

गहना

 

सन्तति

घामपानीको

सम्पत्ति

 

पुसको

सन्ताप आगो

भुसको

 

परीक्षा

चुलीमा टेक्ने

अपेक्षा

 

विबाह

सृष्टिको नदी

प्रवाह

 

कुर्लियो

ढुकुर प्रेम

उर्लियो

 

तिहार

बन्धुता छवि

पियार

•~~<>~~•

 

५.  कवि काफ्ले

 

बाछिटा
भावको पुष्प
पोटिला

समय
सुन्दर नदी
संलय

छातीमा
बाक्लो वेदना
रातिमा

 

आँखाको
रम्यता फूल
पाखाको

झरर
उमेर वायु
सरर

भोटको
स्वाद हरियो
नोटको

गुलाब
प्रेमको जाली
हिसाब

सगर
चुचुरो चार
बगर

 

रहर
झकिझकाउ
सहर

बोलेको
मनको पिर
खोलेको

उदास
मन न्याउली
हतास

 

कलह
कालो द्वेषको
सलह

•~~<>~~•