मधुप्रसाद घिमिरे

फाटेको मैलो टोपी
लागेका धुलोका कणहरूलाई
जिन्दगी देखि हारेका
हातका औंलाले स्पर्श
गर्दै टक्टक्याउनु हुन्छ
एकपटक आफ्नो
जीर्ण शरीरलाई पैताला देखि
शिरसम्म नियाल्नुहुन्छ
र निराशाका ससाना
पसिनाका दाना छुटाउनु हुन्छ
अनुहारमा कहिल्यै खुसी
भेटिएन अनि ओठमा मिठो
मुस्कानका लहर छुट्न सकेन
बा मैले तपाईंको त्यो
अनुहार देख्दा आफैं हार्छु
म मा कुनै आत्मविश्वास
छिटा आउँदैन
बा हाँस्नुस् न
अनि भन्नुस् छोरा
अब म बूढो भए
मेरो जिम्मेवारी तैंले
वहन गर् सबै कामको जिम्मा ले
मात्र तपाईं
एकपटक बोल्नुस् न बा
आफ्नो दुःख मलाई
दिनुस् र थाकेको शरीरलाई
आराम दिनुस् ।
बा तपाईंले मेरा लागि
शरीर बूढो बनाउनु भयो
अब मलाई पालो दिनुस्
अनि आशिर्वाद दिइरहनुस्
बस् मेरा लागि
त्यो नै सार्थक
जीवन बन्ने छ ।

मधु प्रसाद घिमिरे

धुर्कोट गुल्मी