देवराज तिवारी

उभिएर कमजोर खुट्टासँग
रिसाहा चोकमा गर्जिएर
भन्छ त्यो भ्यू टावरको वैशाखी खुट्टाएउटा मख्खिचुस्
एउटा सोमरसे विद्वान्
एउटा लठ्ठुक योजनाकार
भोट नबेच्नुस्
एकान्त भीडको नाइके
म तयार छु बेच्न मेरो साख
कुण्ठित समूहमा टाँसिएर
गर्जन फ्याँक्छ
बेच्ने नै भए तयार छु किन्न तपाइँको भोट
तर लगाउनु छ ढुसी परेका नोट ।

एक पिलेट सुकुटीमाएक ट्याङ्की पेट्रोलमा
ज्यालाको हजारमा
केही पुकार र भोलाका पत्तामा
प्रतिस्पर्धा होइन
इस पर्दा गर्दै छ
मरेको इमान बोकेर
खोज्दै छ मान
उभिएर रछानमा
खोजिरहेछ पहिचानको ओछ्यान्
कठै मेरो देश
उभिएर गर्जन गर्दै गणतन्त्रको गलगाँडमा
तालमा ताल मिलाएर मेलमिलाप गर्छ
र कटुवालले जस्तै डाँडाबाट परबाटलोकतन्त्रको दुहाई दिन्छ
यहाँ बिक्रीका लागि सजाइएका छन् एक एक
व्यक्तिका भोट
झुन्डका भोट
मुसुन्डका भोट
टोलका भोट
झोलका भोट
आफन्तका भोट
पराईका भोट
फेरि पनि चुनाव हुँदै छ
विचरो लोकेतन्त्र लोकतिएर लतारिँदै छ ।

यहाँ भोट बेच्ने फैसलापछिदेश बन्ने भनेको
चिया पसलमा हो
चियाको उधारो चुस्कीसँग
भट्टी पसलमा हो
लरबरिएको जिब्रोसँग यौनको मादकतासँग
हेर्नुस् त देश बनाउनेहरू
कति सजिलै भेटिन्छन् भट्टीमा
घरि घरि भेटिन्छन् टट्टीमा ।

यहाँ लोकतन्त्र बचाउँनु छ
गणतन्त्र बचाउँनु छ
हामीले नबेचे अर्काले बेच्छ
पसलमा ग्राहक आउँदाफर्काउने किन हो
ऊ आएको हो लिनलाई
हामी बसेको हो दिनलाई
मोल मिल्छ भने
हरेक खोट बेच्दिने हो
इ अब प्रत्येक चोट बेच्दिने हो
खत बेच्दिने हो
लत बेच्दिने हो
ओइलाएको सागजस्तो
मेलमिलापको रागजस्तो
बाथले काँपेको कुर्सी बचाइदिने जिम्मा हाम्रैमा पर्छ
म्यानेन्जाइटिस ग्रस्त गणतन्त्र
अर्वूद आक्रान्त लोकतन्त्रयौन कुण्ठित समाजवाद
सुगा रटाने साम्यवाद
महाभ्रष्टे राष्ट्रवाद
जोगाउने र सार्ने
फुलाउने र फलाउने
जिम्मेबारी लिनै पर्छ
चोकमा उभिएर थोकमा
भोक सुँघेर रोगमा
विचार हराएपछि भन्छ उसले
यति त अठोट लिने होयसपालि भोट बेच्दिने हो ।
२०७८ चैत १५

हाल हेटौँडा मकवानपुर
              लेखन -कविता ,गजल, मुक्तक, गीत, लघुकथा,हाइकु
              प्रकाशित कृतिहरू – भावहरूका सन्दर्भ ( गजल सङ्ग्रह -२०७०)
              न्यायको सौन्दर्य ( कविता सङ्ग्रह – २०७६)