१.

आउ सुन्दरी यता तिर पनि त माया लाउ

पवनकुमार बुढाथोकी

म सँग जे जति छ त्यहीं सबै झिकेर खाउ।
२.
मलाई धेरै नै मन पर्छ तिमी म कहाँ आउ
गीत सुन्न मन छ आज कोकिल कन्ठले गाउ ।
३.
तिमी र म हाँस खेल ठट्टा गरि खेलौंला

दुःख पिडा दुवै मिली संगसंगै झेलौला।
४.
धन्दा नमान्नु तिमीलाई सधैं सुख दिनेछु
आशा गर्छु तिमीबाट पनि आनन्द लिनेछु ।
५.
हामी दुई त परेवा जोडी जस्तो गरेर मिल्ने
माया पकाई दुवैले स्वाद लिइकन नै निल्ने ।
६.
दुई दिनको जिन्दगीमा आउ हामी भेटौं
दुःख दर्द आए भने दुवै मिलेर रेटौं।

७.

गर्नु पर्छ आपसमा व्यवहार राम्रो देखाई आहा
राम्रो हुन्न कसैले पनि गरेर अरुको रिस डाहा ।
८.
युद्ध हुँदैछ रे युक्रेन रसिया तिर सबै मिलेर रोकौं

मानव कल्याणका नरनारी आउ शान्तिको सन्देश बोकौं ।
९.
मानवलाई हानी हुने काम कसैले पनि नगरौं
माया प्रेम र विश्व बन्धुत्त्वको भावना मनमा भरौं।
१०.
विश्वमा एकले अर्कालाई सहयोग गरेर बाँचौं
पुर्खाले छोडेका माया प्रेम र स्नेह भावलाई साँचौं ।