
मनिराम मञ्जि
आज धेरै समयपछि
ऐना हेरेँ र आफैँलाई चिन्ने प्रयास गरेँ
समयले मलाई जस्तै ऐनालाई पनि
बूढो बनाउँदो रहेनछ
यो क्रुर समयले
ऐना भित्रको मलाई मात्रै
बूढो बनाएर गयो
ऐनाले मलाई जिस्क्याइरह्योर अझै पनि जिस्क्याइरहेछ
सोचेँ “यो नाथे ऐनाको यत्रो फुँई”
जोडले फ्याकिदिए ऐना
आश्चर्य अघि भर्खर सम्म
एक्लो ऐनाले मलाई गिज्याइरहेथ्यो
र अहिले भुइँबाट सयौं ऐनाहरू मलाई
गिज्याइरहेछन्।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ मंसिर २०८२, आईतवार 









