निरन्तर प्रहार हुँदै गर्यो
अचानो तिर कसैले हेरेन
उत्तानो परेर निरन्तरको चोटले थलियो
पट्पट् फुटे अनुहार
आफ्नो नियतिसँग सम्झौता गऱ्यो उस्ले
पत्याउन गाह्रो छ
ऊ इमान्दार छ
सहनुको पनि त सिमा हुन्छ
मुक बधिर मनुवाझै
सहन्छ ऊ
प्रहार माथि प्रहार
ऊ कतै बावु हो
ऊ कतै छोरा हो
कतै लोग्ने मान्छे
कतै स्वास्नी मान्छे
तर हो ऊ मान्छे
मान्छे अचानो !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला