


तिलकराम पोखरेल
प्यास
घाँटीको मरूभूमिमा
सपनाका कर्णहरू
थोपा थोपा फुटेका छन्
र थुप्रेका छन् रणभुमिका
लास
हरू जस्तै
कुन नामको जलले बचाऊँ
ती विरुवाहरू
कुन नामको जलले हत्या गरूँ
मरूभूमिको खडेरीलाई
——————
नारी
हजारौँ नदी र सडक
बोकेका हुन्छन् छातीमा
सहनशीलताको गन्तव्य
संवेदनाको लक्ष्य र
निःस्वार्थताको घुम्टोमा
लज्जावती हुँदै
बहादुरको भूमिका खेल्छन्
युगौँयुगदेखि
युगौँयुगसम्म
—————-
प्रकृति
सन्नाटा र अँध्यारोको
सहवासमा झुल्किन्छ
आशाको किरण
अस्ताउने रहर नभएपनि
उदाउँदा विदाइको गीत
गुनगुनाउँदै आउँछ
तर सप्तरंगीलाई छरिदिन्छ र
इतिहास बनाएर जान्छ
एक युगको
म्यान्मा, हाल थाइल्याण्ड




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू