जुली जोशी

के के गरेँ जिन्दगीमा गल्ती पनि गरेहुँला
हर फैसला दियौ मेरा नभएनि कालोकोट
तिम्रो सानो संसारको सत्मार्गमा राखि मलाई
सारा संसार चिनाई दियौ नभएनि डलर नोट
मेरो गाडी गुड्ने थिएन तिमी ड्राइभर नभएमा
एक्लै लडी हिम्मत गरी गाडी पनि गुडाई दियौ
चरा देख्दा मलाई पनि गगन् छुने मन् थियो
हौसलाका पखेँटामा लक्ष्य छुन उडाइदियौ
बिरामीमा डाक्टर बन्यौ पढाउदा शिक्षक
संसार मेरो बेग्लै थियो तिमी हुँदा रक्षक
मेरो स्वादको कूक अनि ज्ञान सिकाउने बूक बन्यौ
मेरा लागि सुख खोज्दा आफूलाई दुःख गन्यौ
मेरा लागि धोबी अनि सबका सामु लोभी बन्यौ
दुनियाँका कुरा सुन्यौ मैले केही गल्ती गर्दा
अ भन्दा अलङ्कार झै मेरा इच्छा पूरा गर्न
सिरानी मै रुन्थ्यौ आमा अलिकति बिराम पर्दा
मेरा लागि बखान् गर्न समय नै छोटो भयो
यस्ती आमा छोडी दिने कुनै मुटु कस्तो होला
उमेर ढल्क्यो बुढी भयौ अब मेरो पालो आयो
तिम्रो ठाउँमा आफू राखि हेर्न मन छ कस्तो होला ।

धनगढी (कैलाली)