दिनभर जलेर म
सृष्टि उज्यालो पारी
हाँसिरहन्छु
रातभर पग्लेर तिमी
शीतको आँसु झारी
रोइरहन्छौ
मेरो हाँसोमा
सृष्टिमा जीवन
चलिरहेको छ
तिम्रो आँसुमा
जीवनमा आत्मा
चलिरेको छ
तिम्रो र मेरो विरहमा
सृष्टि सुन्दर छ
जीवन्त र शाश्वत् छ
के तिमी हाम्रो
मिलन चाहन्छौ जून !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला