मेरा प्यारा जुत्ता
एक अर्काको सुख दुःखको सहभागीएकबिना अर्को निरर्थक
एउटा च्यातिए अर्को पनि बेकामे बन्ने
उनीहरूको एकता अचम्मको
एक मात्रै कहिल्यै नचोरिने
चोरिए दुवै साथ जाने
दिनहुँ हप्तैपिच्छे महिना र वर्ष
उनीहरू मेरा पददलित रहेर सेवा गर्ने
यस्ता निस्वार्थी साथी बेकामे भएको दिन
म एक्लै शोक मनाउँछु रून्छु
अनि टिठ लाग्दा आँखाले मेरा जुत्ता पनि रून्छन्
अनि भन्छन् मालिक मेरा नयाँ प्रजन्म अँगाल्नोस्
मलाई फ्याँकिदिनोस्
किनभने अहिले नयाँ प्रजन्म चलेको छ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला