चुनाव आयो घर गाउँ डुल्दै

किरण रिजाल

नेता करायो दुई हात जोड्दै
गर्दैछ बाचा अति शिष्टताले
भर्दैछ आश्वासन मिष्टताले ।

ल फेरि मिठो सपना सुनायो
संसार सारा गफ चुट्न थाल्यो
जिब्रो चलायो अनि मस्त पार्यो
नेता रमायो कति मस्त छायो ।

भन्दैछ उस्ले मत देउ मात्र
मौका मिलेमा अझ लुट्छु देश
सानो तिनो मै कति जात फेक्नु
नेता करायो अति जोर जोर ।

जता रसायो त्यहीं चाट्न पुग्ने
जम्यो जताको तर आँ उतै पो
सुक्को भनेको भर छैन नेता
नेता करायो ल चुनाव आयो ।