सुमन दाहाल
म यस्तैमा अभ्यस्त भएँ
म असरल्लमा अभ्यस्त भएँ
म छलछामको कूटनीतिमा
रूपान्तरित हुने प्रवृत्तिमा अभ्यस्त भएँ ।
म मैले रोजेका राजनेताहरूको
मीठो दिव्यवाणीमा अभ्यस्त भएँ
म सधैँको ललिपपमा रमाएँ
म निरन्तर परिक्रमामा अभ्यस्त भएँ।
म स्वाभिमानको समाप्तिमा
किन किन अभ्यस्त भएँ
म अश्लीलताको दुनियाँमा
सदाबहार विचरण गर्न अभ्यस्त भएँ।
म मेरो देश नभन्न अभ्यस्त भएँ
म मेरो समाज बिर्सन अभ्यस्त भएँ
म सधैँका लागि संस्कार र शालिनता
क्रमशः तिलाञ्जली दिन अभ्यस्त भएँ।
म आफैँमा अराजक हुन अभ्यस्त भएँ
आÚ यस्तै त रहेछ नि Û मा अभ्यस्त भएँ
म मेरो निष्ठा र जवाफदेहिताप्रति
आफैँ व्यङ्ग गर्दै मुस्कुराउन अभ्यस्त भएँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला