संजीव सिंह चौहान

तिमीबिना पनि बाँच्न सक्ने “म”

तिम्रै मित्र हुँ

संसारमा सधैं म रहने होइन

बटुवा मात्र हुँ

यो बाटो फेरि “म” हिँड्ने होइन

एक तीर्थयात्री मात्र हुँ

तिमीबिना पनि बाँच्न सक्ने “म”

तिम्रै मित्र हुँ

रङ्गमञ्चमा मञ्चिने “म” नाटक होइन

एक पात्र हुँ

भविष्य कहिले “म” बन्ने होइन

अतीत मात्र हुँ

तिमीबिना पनि बाँच्न सक्ने “म”

तिम्रै मित्र हुँ

जुनीभरको सपना “म” देखाउने होइन

छायाँ मात्र हुँ

सबेरै जानु नै छ “म” दिन होइन

एक रात मात्र हुँ

तिमीबिना पनि बाँच्न सक्ने “म”

तिम्रै मित्र हुँ

लिएर के जाने “म” जीवनको ज्योति होइन

अन्धकार मात्र हुँ

गज्जवको यो संसारमा “म” फर्किने होइन

ज्युँदो लाश मात्र हुँ

काठमाडौं