त्याे लकडाउनकाे पन्ध्र दिन

मेराे आँगन परदेश हाेला भनेर

मैले कदापि साेचेकाे थिइनँ

परदेश भनेकाे त

झाेला बाेकेर ठूलाे जहाजमा

बादल माथिमाथि उड्दै

सात समुन्द्र पारि ठूला ठूला

भवनहरूकाे शहर हाेला भन्ठान्थेँ ।

तर

मलाई के थाहा मेरै आँगन

परदेश भयाे आज

घरकाे काेठा परदेश लागेपछि

छिमेकीका घरहरू

परदेशका ठूला भवन हुने नै भए ।

तर

मैले जहाज चढेकाे थिइनँ,

झाेला बाेकेकाे पनि थिइनँ,

समुद्र तरेकाे पनि थिएन,

हुन पनि हाे, समुन्द्र भेटियाेस् पनि कसरी ?

मेराे घरमा पिउने पानी आउन त

पहिला खानेपानी आउनु पर्छ ।

मेराे शहरमा मेलम्चीकाे पानीले

तप्प चुहिन तीस वर्ष कुर्नु पर्छ ।

समुद्र…? कता खाेजाैं ..??

म झसङ्ग झस्किए, काेठा अँध्यारो थियाे ।

मलाई लाग्याे

यहाँ सबै उज्यालोहरू छाेपिएका छन् ।

याे सानाे घर कैदीहरू राख्ने

बन्दीगृह झैँ बनेकाे छ ।

आमाले खाना पस्किएर

भाइबर कल गर्नु हुन्छ,

बाबाले ह्वाट्सएपमा हालखबर साेध्नु हुन्छ ।

भाइबहिनीहरू म्यासेज गर्छन् ।

साथीभाइहरू जुममा भेट्छन्

आफ्नै श्रीमतीले इमाेमा गुडनाइट भन्दा

कस्काे मन चसक्क न चस्किएला र !

 

फ्याक्ट्री बन्द भएकाे पनि महिनौँ भयाे ।

अब त टेलिभिजनमा देखिने

च्यानलहरू पनि बन्द हुन्छ हाेला ।

चिया गुलियाे बनाए

बिस्कुट चाेप्दै चाेप्दै खाँदै

हेर्ने समाचार पनि बन्द भए भने

म थरथरी काँप्दै साेच्दै मन डुलाउनकाे

मन रमाउनकाे लागि टिकटक हेर्छु ।

कहिलेकाहीँ बनाउछु पनि ।

तर अरूलाई अभियान गरेकाे जस्ताे लाग्दाेरहेछ ।

कसैले राम्रो भनिदिँदा

प्रशंसा गर्दा पनि लाज लाग्छ ।

आजभाेलि वास्तविकता नै

अभियान जस्ताे भएकाे छ ।

पत्याउनै गर्हो तर पत्याउनै पर्ने ।

आफ्नै घरका काेटाहरू पनि संघकी प्रेदश भएर

भान्साकाेठामा जान, पास चाहिन्छ ।

बाथरुममा जान अनुमति चाहिन्छ ।

 

म झ्यालकाे सानाे पुवालबाट बाहिर चिहाउँछु,

काेलाहालमा हुर्किएकाे, धुलाे धुँवाले मैलिएकाे

मेराे शहर!

आज चकमन्न, सुन्सान, शान्त छ ।

सायद मानिसहरूकाे थिचोमिचो

दब्दबाबाट मुक्त भएर हाेला

लामाे सास लिदैनिदाएकाे जस्ताे,

बिल्कुलै शान्त र निःशब्द !

यी यस्ता दृश्यले मलाई पनि निःशब्द बनायाे ।

मेरा शब्दहरू सकिएर म राेकिएकाे हैन ।

बाटाहरू भत्किएर राेकिएकाे हैन ।

भेल, बाढी आएकाे छैन, पहिराे गएकाे छैन ।

तर सबै कुरा राेकिएकाे छ,

यहाँ आएकाे छ त केवल महामारी ।

एउटा सन्त्रास, छाएकाे छ ।

सुक्ष्म भाइरस आएकाे छ ।

यसैले गर्दा आज मेरै आँगन

परदेश भएकाे छ ।

 

लाग्छ कहिलेकाहीँ म पनि

याे शहर जस्तै शान्त बनूँ

निःशब्द रहुँ । तर हैन ।

मैले परदेशलाई आँगन बनाउनु छ ।

बन्दीगृहलाई घर बनाउनु छ ।

शहरलाई सुन्सान हैन

झिलिमिली गराउनु छ ।

आमाले पस्किएकाे भात खाएर

बाबालाई ढाेग्दै बच्चाहरूलाई

अंगालाेमा बेर्दै श्रीमतीकाे अाँखामा

हेर्दै मायाका दुईशब्दमा बाइ भन्दै

फ्याक्ट्री जानु छ ।

मैले जित्नु छ याे महामारीलाई ।

देशलाई जिताउनु छ ।

विज्ञानलाई जिताउनु छ ।

काेराेनालाई हराउनु छ भगाउनु छ ।