भुपेन्द्र बुढाथोकी

 

हृदय देखिको मेरो देश प्रतिको माया
कुन पाखा कुन पखेरामा लगि रोपुँ
अन्तर हृदय देखिको मेरो भावना
कुन फूलको बगैँचामा लगि छोपुँ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।

अग्ला अग्ला हिमालहरु हेरिरहन मन लाग्छ
सेता हिम चुचुराहरु देखिरहन मन लाग्छ
तराईका फाँटहरुमा रम्न मन लाग्छ
पहाडका लेकहरुमा घुम्न मन लाग्छ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।

मेचीकाली दुबैलाई दुई हातले छुन मन लाग्छ
नेपाल आमा रोएको देख्दा मलाई रुन मन लाग्छ
काँडा बिझ्दा पनि दुख्छ ठेस लाग्दा पनि दुख्छ
मलाई स्वदेश प्रती माया छ जति लाए पनि पुग्छ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।

प्रकृति मेरो मन भित्र छ
देशको माया ममता मेरो मुटु भित्र छ
मैले गाउने अर्कै गीत छ
देश प्रतिको चोखो पृत छ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।