सूक्तिबनाएर संस्कृतिलाई
गाउँभरि गीत रोपेर
गीतभरि गाउँगाइरहेका छन्— गाउँका मान्छेहरू ।
श्रुतिपरम्पराको धारमा हस्तान्तरित भइरहने
गाउँमै त छ
—पुस्तापुस्ताजीवित रहने गीतैगीतको प्रज्ञा
—विश्वासैविश्वासको दन्त्यकथाभन्ने हजुरामाको घर
—दुहुनो गाईजस्तै सङ्गीतखसाइरहने छाँगाको विरासत ।
नानीहरू
गाउदैछन् तोतेबोलीमाशिशुगीत—
“ऐयाबाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न
नेपालबाट बेउलो आयो बेउलीलुकाइदेऊ न ।“
सिमलबोटे खेतको खलेगरामा
दाइँगर्दै गरेकादयेरेहरू
गोरु घुमाउँदै गाउदैछन् दाइँगीत—
“मियोको टुप्पोमा बसेछ कोइली
आजकादयेरेलाई घिउको चोइली ।“
मान्छेकाओठओठमा भएपछि गीतको पाठशाला
—गाउँको माटोभरि फलेको हो गीतकै फल
—गाउँको आकाशमालागेको हो गीतकै घाम
—तल, माथि गरेर चलेको हो गीताङ्गे हावा ।
भेटिइरहन्छ परिचयगाउँको
—सम्झनैसम्झनाको अलिखितप्रतिबिम्बमा
—ऐँचोपैँचोको अर्थशास्त्रीय परम्परामा ।
न त आउँछ
—सम्बन्धमाह्रासको नियम
न त घट्छ
—साझेदारीको पर्म तिर्ने सिलसिला
न त हराउँछ
—रत्यौलीमाआमाहरू बुवाबन्ने मौलिकता
न त सकिन्छ
—मारुनीमा नरहरू नारी बन्ने लोकनाच ।
बारी खन्दै गरेकायीआमाहरू
—फागको लयमा मस्त छन् कोही
कोहीकोदालाको नचाइमा स्वतस्फुर्त
—रोपिरहेका छन् श्रमगीतका मुरीमुरी पहाडहरू
कोही
—लोग्नेले गरेको अपहेलनालाई
—माइतीहरूले देखाएको बेवास्तालाई
आह्वानगर्दै देवीदेउताको
मागल र सगुनको भाकामाभन्दैछन्—
“सिमे र भुमे तेत्तीसकोटी देउता साथैमा
कुन र धर्म देउरालीदेवी बसेको माथैमा ।“
संस्कारलाई राखेर शिरमा
चढेर गीतैगीतको सगरमाथा
छातीभरि कुँदेर आफ्नै देश
गीतभरि उज्यालो गाइरहेका छन्— गाउँका मान्छेहरू ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।