भूपेन्द्र बुढाथोकी
हृदयदेखिको मेरो देश प्रतिको माया
कुन पाखा कुन पखेरामा लगि रोपुँ
अन्तर हृदयदेखिको मेरो भावना
कुन फूलको बगैचामा लगि छोपुँ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।
अग्ला अग्ला हिमालहरु हेरिरहन मन लाग्छ
सेता हिम चुचुराहरू देखिरहन मन लाग्छ
तराईका फाँटहरुमा रम्न मन लाग्छ
पहाडका लेकहरूमा घुम्न मन लाग्छ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।
मेचीकाली दुवैलाई दुई हातले छुन मन लाग्छ
नेपाल आमा रोएको देख्दा मलाई रुन मन लाग्छ
काँडा बिझ्दा पनि दुख्छ ठेस लाग्दा पनि दुख्छ
मलाई स्वदेशप्रति माया छ जति लाए पनि पुग्छ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।
प्रकृति मेरो मनभित्र छ
देशको माया ममता मेरो मुटुभित्र छ
मैले गाउने अर्कै गीत छ
देश प्रतिको चोखो प्रित छ
त्यसैले म भन्छु म स्वदेशमै ठीक छु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला