यकिना अगाध

यकिना अगाध

नेताज्यूले
‘मुर्दावाद’ भन्दा
बाउआमाले सुरक्षित हुर्काएको जिउ
गोलीको पर्रामा तेर्स्याएर ‘मुर्दावाद’ भन्ने
बुद्धु बहादुर मै हुँ ।

नेताज्यूले
‘जिन्दावाद’ भन्दा
आफूले दुःखले किनेर लगाइरहेको कपडा
धरधरी च्यातेर ‘जिन्दावाद’ भन्ने
मुर्ख कार्यकर्ता मै हुँ ।

नेताज्यू !
तपाईंले
कि त ‘मुर्दावाद’ सिकाउनुभयो
कि त ‘जिन्दावाद’ सिकाउनुभयो
कि त ‘हरामी’ बन्न सिकाउनुभयो
कि त ‘सलामी’ दिन सिकाउनु भयो ।

मुर्खहरूको हुल चढेर
कसरी ?
तपाईं सज्जन हुन सक्नुहुन्छ
नेता महोदय !