

डा. देवेन सापकोटा

डा. देवेन सापकोटा
तात्तिएको टिभी पर्दालाई रोकी
दृष्टि फ्याँके बाहिर
एउटा भँगेरो चिउँचिउँ गरिरहेछ्र
“सर्वत्र चर्चा छ काश्मिर फाइल्सको
हामी त हजुर पृथ्वीबाटै विस्थापित भइसक्यौँ।
कङ्क्रिटका घरले खरका घरलाई मात्र कहाँ हटाए र?
हामीलाई पनि गरे निष्काशित।
रसायनिक मलले फसल मात्र कहाँ बढाए र?
हामीलाई पनि पारिदिए निर्वीज, वंशशून्य
धुवाँ उडाई, शब्द फुटाई
वाहन मात्र कहाँ गुडिए र ?
हामीलाई पनि लखेटे,
उठिबासै लगाए जन्मथलोबाट।
===
अब कहिले खोलिन्छ होला हजुर हाम्रो फाइल्स”?
झल्यास्स भएँछु म।
(डा. देवकोटा असम कृषि विश्वविद्यालय गुवाहाटी, भारतमा प्राध्यापन गर्नुहुन्छ ।)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 










