साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विश्व कविता दिवस विशेषः सुन्दर नर्क निर्माण गरौं

सुमन दाहाल

म कति स्वार्थी
मलाईनै चाहिने स्वर्ग
मलाई नै चाहिने बैकुण्ठबास्
मलाई नै चाहिने गोलोक
नर्क कसलाई मनपर्छ र !
भो भैगो, म तिमीलाई साथ दिन्छु
नर्कसम्म मसँगै हुन्छु
र त्यही नर्कलाई
बढारकुँडार गरौं
सिंगारपटार गरौं
पून्य कमाऔँ
र करोडौँ नर्कबासीहरूलाई
बस्न योग्य बनाऔँ
यसै शालीन र सुन्दर पृथ्वीलोकमा
एउटा सुन्दर नर्कको निर्माण गरौं ।

प्रतिक्रिया
Loading...