खै किन हो कुन्नि ?
कहिलेकाहीँ जिन्दगी
रिसाएर बसी दिएपछि
हाम्रो दैनिकी रोकिन जान्छ
अथाह पीडाका बीच
बाँच्नुको अङ्कगणित मिलाउन खोज्छौ
तर त्यसबेला खै किन हो कुन्नि
जोड घटाउ भाग र गुणनको प्रतिफल
शेष नै देखिन्छ
थाहा छ कतै हिसाब पक्कै मिलेको छैन
तर पनि असहाय पीडा र अस्पतालको
वातावरणले हामी
युद्धमा गोली लागेको सिपाही जस्तै
जीवन र मृत्युको दशगजामा उभिएको जस्तो
अनुभूत गर्न थाल्छौँ
त्यसैबेला अस्पतालको बेडमा पल्टिएर
परिवारजनको आकृति
सिलिङ्मा दृश्यमान बनेर
अतीतका मीठा सम्झनामा पुर्याइदिन्छ
पीडामा किंकर्तव्यविमूढ़ बनेको हामी
चिकित्साको वरदानले तङ्ग्रिएपछि
हिजो अस्पताल आउन हतारिए झैँ
आज कुटुम्बमा मिसिन लालायित हुन्छौँ
सायद यही मानवीय जीवनको स्वार्थीपन हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
डा. गोबिन्दसिंह रावत (क्यानडा)
आश्विन २८, आईतवार १२:०४