सुवास ढकाल
प्रभुले सोधे तँ सँग के छ ?
कविले भन्यो – मसँग कलम छ
पत्रकारले भन्यो – मसँग तथ्य छ
वकिलले भन्यो – मसँग न्याय छ
प्राध्यापकले भन्यो – मसँग ज्ञान छ
सामाजिक कार्यकर्ताले भन्यो – मसँग नैतिकता र सदाचार छ
धर्म गुरुले भन्यो – मसँग प्रभुको आशीर्वाद छ
नेताले भन्यो – मसँग जनताको समर्थन छ ।
पुटिनले भन्यो- म सँग परमाणु बम छ
अनि
त्यसपछि संसार मौन छ, चुपचाप छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला