निखिल आचार्य
जिन्दगी रमाएको भन्छन्
म देख्दिनँ रमाएको
न मुहार फेरेको देख्छु
जिन्दगीको माझमा यसरी
नियाल्दै जिन्दगी परसम्म-
धुवाँ उठेको देखेँ !
सपनाको उठिबास भइरहँदा
रहरले तर्केर गइरहँदा
केही भेटिनँ मैले त्यहाँ
आश्रय चुहेर बग्दा
भित्तो खोक्रिरहँदा
खोई ! सुख बौलाएको ?
खोइ त ! खुसी मौलाएको ?
पारि जूनतारा सपना त हो नि !
चन्द्रको प्रकाश एकपलको आनन्द
चलेका समयले बोलाउँदा
एकनाश टोलाइरहेँ
म आफैँलाई पटकपटक बोलाइरहेँ !
निमेष मिनेट मिनेट घण्टामा जोरिँदा
त्यसै कट्ने जिन्दगी कहाँ हो र
सुखको पर्खाइ अनेक भोगाइले
बाटो खोज्दै गरेको भूमरी
यो जिन्दगी
हे जिन्दगी
यस्तै हो जिन्दगी !!
सीतापाइला
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला