साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

छोटा कविताहरू

Chovar Blues Mobile Size

ज्ञानीहरूको जमातमा गएर एक अज्ञानीले प्रश्न सोध्यो-
यहाँ आफैँले आफैँलाई मैथुन नगरेको कोही छ ?

विनोद ढकाल

जब ऊ बगेको थियो
ऊ भन्थ्यो – किनाराले हेरेन
जब ऊ किनारा भयो
ऊ पानीलाई हेर्दैन
तर पानीले कुनै दिन उसलाई
फेरि बगाउने छ ।

sagarmani mobile size

तिमीसँग धन छ, मन छैन
ऊसँग मन छ, धन छैन ।
कोसँग लिउँ म ?
मसँग दुवै छैन ।

भोलिको दिन आउला
अनि आज बिहान नगरेको जस्तै
म नयाँ काम अवश्यै गर्नेछु ।

जब ऊ देवताहरूको घर पुग्छ
कि ऊ नास्तिक बन्छ
कि सच्चा आस्तिक ।

अब पढ्न पर्छ भन्ने अठोट लिएर
मैले सिरक ओढेँ ।

गाली गर्नु नि छ
फकाउनु नि छ
धम्काउनु नि छ
आफैँ डराउनु नि छ
जागिर दिनेको जागिर ।

छोरी

कापी खाली थियो
छोरीले कापी पल्टाई
हेरी अनि भनी
ममीले होमवर्क गरेकै रहेनछ ।

रातमा गड्याङ्ग चट्याङ परिरहेको थियो
म काँपेको देख्दा छोरीले भनी
जिउन डराएर नि हुन्छ बाबा ?

अफिसमा काम बिगारेर आएको थिएँ
घरमा सुत्ने बेला छोरीले कान समाई ।

सानी छोरीलाई सबैजना चाहिन्छ
जब सबै जना हुन्छन्
ऊ मात्तिएर खाना खाँदिन ।

छोरीलाई बाबा प्यारो कि मामु ?
सोध्दै थिई मामु
छोरी गुडिया समाएर लुपुक्क सुती ।

धुलिखेल अस्पताल

प्रतिक्रिया
Loading...