रविन बस्ताकोटी
धार बिर्सिएको खहरे
कति समयसम्म रमाउला कटान गरेर
कति क्षेत्रफल बगर बनाएपछि
पानीसँगको आक्रोश शान्त होला
कहिले फर्किएला माझधारतिर।
झुण्डबाट छुट्टिएको जीवले
संयोगमा भेटिने
अर्को जीवसँगको मित्रतामा
कति समय चलाउला सम्बन्ध
फेरि कहिले त्यही झुण्ड सम्झिएला
बाटो बिराएको फकिर प्राणीले ।
यौवन देखेर
लोभिएका आँखाहरू
कति समयसम्म रमाउलान् प्रेम ठानेर
कहिले भत्किएला हिम पहिरोले
अप्रेमय सत्य।
प्रेमको आँशुले, सिन्चित गरेर
भावनामाथि कठोर गोडमेल गरेर
कति समयसम्म हुर्किएला ?
नयाँ पालुवा जिन्दगीको ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला