बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई

प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-२६ मा पुरू सुवेदी, विदुर अधिकारी, सुशील आचार्य, वसन्त अनुभवरकेशव ढकाल प्रीतवीजका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूकाबाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित”समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।

 

बाछिटा प्रकाशनमाला-२६

 

पाँच दर्जन बाछिटा

 

१. पुरू सुवेदी

 

जमरा
बैंस रसमा
भमरा

 

तिहार
सप्तरङ्गको
बहार

 

औंसीको
उज्यालो शोभा
द्यौसीको

 

छटमा
प्रकति पूजा
खटमा

 

स्वधर्म
सद्भाव सङ्लो
स्वकर्म

 

उज्यालो
मनमा पिर
अँध्यारो

चाहना
फूलमा काँडा
वेदना

 

राम्रो छ
मुहार मन
चाम्रो छ

 

सपना
स्वर्ग र नर्क
बिपना

 

उकालो
उमेर बेंसी
ओरालो

 

लहरो
माया बलियो
पहरो

 

सजीव
चेतमा धुलो
निर्जीव

 

~~<<>>~~

 

२. विदुर अधिकारी

स्वदेश
दिलको फूल
सन्देश

 

संसद
भ्रष्टता कालो
रसद

 

ईर्ष्यालु
काँडामा फूल
दयालु

 

सभ्यता
संस्कृति आभा
भव्यता

 

प्रेमिका
फूलको रूप
राधिका

 

साधक
कर्ममा स्वार्थ
बाधक

मानव
काँडा कृत्यले
दानव

 

समाज
संस्कार सभ्य
जमात

 

करायो
स्याल जनता
डरायो

रहर
बेमौसमको
कहर

 

श्रीमती
घरकी शोभा
सम्पत्ति

 

जनता
देशका शक्ति
उच्चता

~~<<>>>~~

३. सुशील आचार्य

 

झेलको
दुष्कर्म वर्षा
भेलको

घामको
उज्यालो कर्म
धामको

 

मनको
हर्ष साहस
तनको

कोइली
विरह रूने
न्याउली

 

चराको
चेतना गीत
धराको

 

कहर
काँडाको माथि
सहर

चिनायो
कर्मले जुनी
बनायो

 

फोहोरी
राजनीतिको
दोहोरी

 

जीवन
घाम र छाया
जोवन

सलाई
चिन्तन प्यारो
मलाई

 

के खानु
कसम झुटो
जोखानु

रेडियो
सञ्चार देश
भाँडियो

 

~~<<>>~~

 

४. वसन्त अनुभव

 

विपन्न
मनमा माया
सम्पन्न

 

अधीर
छल र बल
नजिर

 

वीरता
अटलचुली
धीरता

 

निश्चल
आस्था सदैव
निश्छल

शरण
ऐंजेरु रूप
वरण

 

सरिप
व्यक्तिको कृत्य
हरिप

जिन्दगी
उमेर सीमा
बन्धकी

 

वसन्त
बहार खुसी
अनन्त

 

सुन्दर
भावना स्वर्ण
मन्दिर

कुख्यात
गोमन सत्ता
प्रख्यात

 

भन्सार
मुसाको बास
धन्सार

 

नजर
लोभित लाली
अधर

~~<<>>~~

 

५. केशव ढकाल

 

पोटिलो
बाछिटा बिम्ब
चोटिलो

फुकेको
बैंसमा बल
लुकेको

नशालु
बैँस उन्माद
विषालु

कर्कश
बुटमा सत्ता
सकस

सराबी
मान्छेको मति
खराबी

छलमा
सत्ताको खेल
बलमा

 

कमाल
कर्तव्य उच्च
हिमाल

 

घुमेर
नदीझैं बग्ने
उमेर

 

लहर
उठेको ताल
रहर

 

अभीष्ट
प्राप्तिको फल
स्वादिष्ट

जूनको
उज्यालोपन
गुनको

 

कसर
दम्भको कालो
असर

~~<<>>~~