Chovar Blues Mobile Size

 

चन्द्रकान्त जोशी

 

बहुत दुःख लाग्यो
तिमी
मलाई जान्छु पनि नभनी गयौ
हुन सक्छ
यसको जरूरत थिएन होला
अथवा
तिमी हतारमा थियौ होला
हुन त
यस्तो पनि हुन सक्छ
तिमीले बोलायौ
म केही बोलिनँ
सायद
म सपनामा थिएँ
हुन सक्छ
तिमीसँगै
निदाइरहेको थिएँ ।